कोरोना महामारी, नेकपा विवाद र एमसीसी

Posted on: 16 Sep, 2020

कृष्ण कुमार गुप्ता | अहिले सम्पुर्ण बिस्व कोरोना माहामारीको चपेटमा परिसकेको छ । संसारका सबभन्दा शक्तिशाली देश अमेरिकामा सबभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । संसारका सबै देशहरुको अर्थतन्त्र धारासाही भइसकेको छ । नेपाल पनि यो कोरोना माहामारीबाट अछुतो छैन । नेपालमा पहिलो कोभिड–१९ का बिरामी चीनबाट आएको थियो । पछि इटलि र अरु देशहरुबाट पनि बिरामीहरु आएको थियो तर अहिले भारतबाट आएको नेपालीहरु आउँदा संक्रमण ह्वात्तै बढ्यो मृतकको संख्या पनि दुई सयभन्दा बढी पुगिसकेको छ । संक्रमितको संख्या पनि चालिस हजारभन्दा बढी पुगिसकेको छ । प्रत्येक दिन लगभग हजार जना नयाँ संक्रमित थपिँदै छन् । अहिले हट पोइन्ट बनेका प्रदेश नम्बर २ र काठमाडौंको स्थिति झन् बिग्रदै छ । प्रदेश नम्बर २ को सरकार पूर्ण रुपले नाकामयाब भइसकेको छ, संघ सरकारले ओभरटेक गर्ने बेला आइसकेको छ ।

नेकपाले अहिले देशको नेतृत्व गरिरहेको छ, धेरै दिनपछि नेपालले स्थायी सरकार पाएको छ, लगभग २÷३ का सरकारले देशलाई एउटा नयाँ दिशातिर डो¥याउँदै छ देशले स्वाधिनतालाई ध्यानमा राखी विश्व सामु एउटा महत्त्वपूर्ण देशको रूपमा चिनिदै छ । त्यसकारण विदेशी शक्तिहरु चलखेल गरेर नेकपामा विवाद उत्पन्न गराएको थियो तर नेकपाका दुबै अध्यक्ष दुरदर्शी भएको कारणले विवादलाई कार्यदल मार्फत समाधान गर्नु भयो । अब नेकपाका दुबै अध्यक्षको समझदारीले सरकार र पार्टीलाई अगाडि बढाउने छ र समृद्ध नेपाल र सुखि नेपाली बनाउने छ ।

भारत र नेपालको मित्रता धेरै पहिलेदेखि नै छ । विश्वमा नेपाल कुनै देशको गुलाम भएको छैन । जब भारत बेलायतका गुलाम थिए त्यसै बेला भारतबाट बेलायत र नेपालको बीचमा पनि युद्ध भएको थियो जसको अन्त सम्झौता को रूपमा सुगौली सन्धिबाट १८१६ मा भएको हो । सुगौली सन्धि अनुसार भारत र नेपालको सीमा निर्धारण भएको हो । लिपुलेख, लिम्फियाधुरा र कालापानी त्यसै बेलादेखि नेपालको भुभाग हो भन्ने प्रष्ट छ । त्यस सन्धिको अनुसार काली नदीदेखि पश्चिमको भाग भारतको हुने र पूर्वको भाग नेपालको हो भन्ने सर्वविदितै छ । नेपाल र भारतको बीचमा भएको शान्ति सन्धिको अनुसार आवश्यक्ता अनुसार नेपाल र भारतले एक अर्काको भूमि अरु देशसँग युद्ध गर्ने बेला उपयोग गर्न सक्छ । त्यसै अनुसार १९६२ मा भारत र चीनको युद्धको बेला नेपालका ८ ठाउँ मा आफ्नो सैनिक क्याम्प राखेर युद्ध लडेको थियो । युद्ध सक्ने बितिकै अरु ठाउँबाट भारतले आफ्नो सेना फर्काएका थिए । तर लिपुलेख, कालापानी क्षेत्रबाट फर्काएका थिएन । किनभने त्यो ठाउँबाट भारतले हारेको थिएनन् ।

नेपालमा विभिन्न आन्दोलनहरुपछि नेपालका सरकारहरुसँग विभिन्न सन्धिहरु जस्तै कोशी सन्धि, गण्डक सन्धि महाकाली सन्धिहरु गराएको पाइन्छ । भारत आफ्नो स्वार्थ अनुसार नेपालको सतामा आधै खेलिरहेको कुरा लुकेको छैन । नेपालमा विभिन्न आन्दोलनहरु गराएर आफ्नो दबदबा कायम राखेको छ । सता समीकरणकै लागि राजनीतिक दलहरुलाई संचालित गर्दै आएको छ । मन्त्री बनाउने प्रधानमन्त्री बनाउने खेलहरु दक्षिणबाट संचालन भाइरहेको सर्बबिदितै छ । त्यसकारण पहिलेका राष्ट्र प्रमुखहरु सीमा विवादबारे पनि मुख खोल्न पाइरहेको थिएन । २०७६ कार्तिकमा जब भारतले कश्मीरको लागि धारा ३७० हटाउँदा र त्यसपछि बनाएको नयाँ नक्सामा नेपाली भूभाग पनि समेटे छ । त्यस बेला नेपाल सरकारद्वारा कुटनीतिक नोट जारी भएको थियो । त्यसलाई अपहेलना गर्दै भारतले एकतर्फी बनाएको बाटोको उद्घाटन गर्दा यो विवाद सतहमा आएको हो । अहिलेको नेकपाको ओली सरकारले आफ्नो सरकार को परबाह नगरी आफ्नो मिचिएको भु–भाग फिर्ता गराउने कदम चालिएको छ । नेपालीहरुले गर्व गर्ने समय आएको मान्न सकिन्छ । आफ्नो मिचेको भू–भाग समेटेर जारी गरेको नक्साले गर्दा भारत तरंगित भएको छ ।

नेपाल पञ्चशीलको सिद्धान्त मान्ने देश हो कुनै पनि देशसँग हामी लडाइँ गर्दैनौं सबैसँग मित्रता राख्ने देश हो । हाम्रो अर्को छिमेकी चीनसँग पनि हाम्रो मित्रता प्रगाढ भइरहेको बेला अमेरिकी सहयोग कार्यक्रम एमसीसी पनि सदनबाट पास गराउनु पर्छ । जस हिसाबले करिब ६० अर्बको सहयोग भित्र्याउनु पर्छ । यसले गर्दा नेपाललाई बिकासको क्रममा आगाडि लानु पर्छ । जलविद्युतको अत्यधिक क्षमता भएको हुँदा त्यसलाई सदुपयोग गर्न एमसीसी अपरिहार्य छ । नेकपाको कार्यदलले परिमार्जनसहित एमसीसी पास गर्ने सुझाव अपरिहार्य छ ।

(लेखक नेकपा प्रदेश २ कमिटी सदस्य हुन्) (मधेश दर्पण फिचर सेवा)

यस बिषयमा तपाइको प्रतिक्रिया...!