पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पती कोरोना संक्रमित

Posted on: 24 Oct, 2020

कात्तिक ८, काठमाडौँ | पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण भएको छ । यस विषयमा भट्टराई आफैले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।

भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’


संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् ।

जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!