नेकपा बैठक छल्ने ओलीको रणनीति: दिउसो १ बजे मन्त्रिपरिषद‍्को आकस्मिक बैठक डाकियो

Posted on: 18 Nov, 2020

मङ्सिर ३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।  सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले बुधबार बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिएका छन् । 

आजै दिउँसो १ बजे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएका हुन् । पछिल्लो समय नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच पार्टी सन्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।

ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!