देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलागौं : भिम रावल

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले पार्टीलाई फुट र विभाजन गर्ने कुकर्ममा नलाग्न आग्रह गरेका छन | उनले बुधबार बिहान ट्वीट गर्दै देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका हुन् |

नेकपा भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला रावलले बैठकबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन | रावलले ट्वीटमा लेखेका छन्,"नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।'

पछिल्लो समय नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच शक्ति संघर्ष बढ्दै गएको छ | बुधबार बस्ने भनिएको सचिवालय बैठक सार्ने कसरतमा ओली छन् भने,सचिवालय बैठक बस्नै पर्ने अडानमा प्रचण्ड पक्षका नेताहरु छन् |

यसअघि गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!