नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमै बस्छ :प्रवक्ता श्रेष्ठ

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पुर्वनिर्धारित समय अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रवक्ता नारायणकाजीले बताएका छन् | नेकपा भित्रको आन्तरिक शक्ति संघर्षका कारण ओली पक्ष भने बैठक सार्ने पक्षमा छ | 

सोहि समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राखेका छन् | प्रवक्ता श्रेष्ठले बुधबार बिहान गरेको ट्वीटमा भनेका छन्,‘हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्वनिर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ, | ’ 

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए | प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरिनुपर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ |

तर प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले सचिवालय बैठकमै छलफल हुनुपर्ने बताएका छन् | नेकपाभित्र विवाद बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार फरकफरक समयमा अध्यक्षद्वय ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!