राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् | राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न ओली शितलनिवास पुगेका हुन् |

ओलीले बुधबार दिउँसो राखेको मन्त्रिपरिषद् बैठक एक घन्टा सारेका छन् | यस अघि ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक राखेका थिए | सचिवालय बैठक बोलाइएकै समयमा ओलीले मन्त्रिपरिषद बैठक राखेका हुन् | 

पछिल्लो समय नेकपा भित्रको आन्तरिक विवाद बढेका बेला राष्ट्रपति सक्रिय भएकी छन् | मंगलबार मात्रै ओली र प्रचण्डले राष्ट्रपति छुट्टा छुट्टै भेट गरेका थिए | आज बस्ने भनिएको सचिवालय बैठक टार्ने कसरतमा ओलिसमुह छ भने,सचिवालय बैठक बस्नुपर्ने प्रचण्डको अडान छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!