नेकपा सचिवालय बैठक सकियो

Posted on: 18 Nov, 2020

मङ्सिर ३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनलाई स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो । 

कात्तिक २८ को सचिवालय बैठकमा बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्ने बुधबारलाई बैठक तय भएको थियो । 

आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने जानकारी बैठकलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने भएको छ । 

बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गतेलाई बोलाउने निर्णय पनि गरेको छ । यस्तै यसअघि मंसिर १५ लाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेसम्मलाई सरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!