नेकपा सचिवालय बैठकको निर्णय यस्तो छ

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ | बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सम्पन्न भएको हो | अर्को बैठक मंसिर १३ गते बस्ने सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए |

दश दिनपछि बस्ने बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो तर्फबाट प्रश्ताव पेश गर्ने छन् | यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए |  

१३ गते बस्ने बैठकमा ओलीले प्रश्ताव पेश गरेपछि सबै प्रश्तावमाथि छलफल हुनेछ | त्यस्तै १८ गते स्थायी कमिटिको बैठक र २५ गते केन्द्रिय समितिको बैठक बोलाइएको छ | यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो |

नेकपा भित्र विवाद चर्किदै गएको बेलामा ओली र प्रचण्डले आफू बलियो हुन् आन्तरिक शक्ति संघर्षमा जुटेका थिए | सचिवालय बैठक बस्नु भन्दा अघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!