भारतीय विदेश सचिव हर्षवर्द्धन नेपाल आउँदै

Posted on: 23 Nov, 2020

मंसिर ८, काठमाडौं | भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला  नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल आउने भएका छन् | उनी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणमा आउने भएका हुन् |

पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै,परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उच्च स्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता हर्षवर्द्धन श्रींगलाको भ्रमण रहेको बताएको छ | भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् | मन्त्रालयका अनुसार, सोही दिन श्री‌गलाले उच्चस्तरीय भेटघाट गर्ने छन् |

विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण  हो | भ्रमणको दौरानमा उनले नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाट गर्ने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ | त्यस्तै  दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा समेत कुराकानी हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!