भारतसँगको सीमा नाका खुला गर्न जसपाको माग

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौं |  जनता समाजवादी पार्टी (जसपा)ले नेपाल भारत सीमा नाका खुला गर्न माग गरेको छ | जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै भारतसँग जोडिएका सीमा नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन माग गरेका हुन् |

कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि गत चैत १० देखि सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ | नेपाली नागरिकहरुलाई नेपाल आउन १४ वटा नाका तोकिएको छ | लामो समय देखि सिमानाका बन्द भएपछि केहि जिल्लाका स्थानीयहरू आन्दोलनमा समेत उत्रिएका छन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!