भारतीय विदेशसचिव हर्षवर्द्धन नेपालमा

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ | भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ  आइपुगेका छन् | उनी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका हुन् |

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड विमानबाट अवतरण गरेका छन | विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो | भ्रमणका क्रममा दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गरिने बताइएको छ |

उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!