परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ | भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबिच शिष्टाचार भेट भएको छ | सिंहदरवारमा मन्त्री ज्ञवालीसँगको भेटमा कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने बताएका छन् |

उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए | नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नबिग्रिएको उनको दाबि छ |

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए |  नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुईदेशको सम्बन्धको जग बलियो रहेको उनले बताए । 

यसैबीच भेटपछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!