चीनका रक्षामन्त्री नेपाल आउँदै, यस्तो छ कार्यक्रम

Posted on: 29 Nov, 2020

मङ्सिर १४, काठमाडौँ | आज चिनका  रक्षामन्त्री नेपाल आउने भएका छन् | जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपालको एकदिन औपचारिक भ्रमणमा आउने भएका हुन् |

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ |  त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ | 

रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ | उनी आइतबार साँझ नै  चीन फर्कने कार्यक्रम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!