चिनियाँ रक्षामन्त्री काठमाडौँमा

Posted on: 29 Nov, 2020

मंसिर १४, काठमाडौँ | आइतबार एकदिने औपचारिक नेपाल भ्रमणको क्रममा रहेका चिनियाँ रक्षामन्त्री  नेपाल आइपुगेका छन् |  २० सदस्यीय प्रतिनिधिमण्डलसहित रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका हुन् |

उनले एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका थिए | विमान स्थालबार  चिनियाँ दूतावास जाने कार्यक्रम कार्यक्रम छ | उनले आइतबार नै नेपाली सेनाका प्रधानसेनापति,प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ |

त्यस्तै उनी आइतबार साँझनै एकदिने भ्रमण पुरा गरेर स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!