प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री बिच भेटवार्ता

Posted on: 29 Nov, 2020

मंसिर १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री  वेई फेङ्हे बिच भेटवार्ता भएको छ | आइतबार साँझ प्रधनमन्त्री निवास बालुवाटारमा ओली र फेङ्हे बिच शिष्टाचार भेट  भएको हो |

एक दिने नेपाल भ्रमणमा रहेका मन्त्री  वेई फेङ्हेले यसअघि प्रधान सेनापति पूर्णचन्द्र थापासंग भेट गरिसकेका छन् | उनी आइतबारनै राष्ट्रपति विद्या देवी भण्डारीसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ | आइतबार बिहान नेपाल पुगेका वेई फेङ्हे सोमबार स्वदेश फर्कने कार्यतालिका रहेको छ |

उनले पहिलो पटक नेपाल भ्रमण गरेका हुन् | २१ सदस्यी भ्रमण टोलीको नेतृत्व गर्दै नेपाल आएका उनलाइ आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!