आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुधबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पनि सहभागी हुने भएका छन् | यसअघि उनले आज दिउँसो बस्ने सचिवालय बैठक अस्वीकार गरेका थिए |

मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल गरिएको प्रवक्ता नारायणकांजी श्रेष्ठले जानकारी दिए | दुवै अध्यक्षले अघि सारेका प्रस्तावको बारेमा छलफल गर्न नेकपा सचिवालय बैठक आजपनि बस्ने जनाइएको छ |

कार्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा १९ पृष्ठलामो प्रस्ताव पेस गरेका थिए | त्यसपछि मंसिर ३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठलामो प्रस्ताव पेस गरेका थिए | दुवै अध्यक्षका फरक-फरक प्रस्तावमाथि छलफल गरेर आफसी विवादलाई निकास दिने प्रवक्ता श्रेष्ठले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!