नेकपा सचिवालय बैठक स्थगित, मंसिर २० गते बस्ने

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ | प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएका थिए। बैठक केहीबेर बसेको बताइएको छ |

 प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने बताइएको थियो | यसअघि उनले आज बस्ने सचिवालय बैठक अस्विकार गरेका थिए | बैठक अघि ओली र प्रचण्डको रणनीतिक छलफल भएको थियो |

ओलीले छलफलमा प्रचण्डको प्रस्ताव खारेज गर्नुपर्ने  माग राखेका थिए | त्यस्तै प्रचण्ड पक्षका नेताहरुले पनि यसअघि खुमलटारमा आन्तरिक रणनीतिबारे छलफल गरेका थिए | खुमलटारमा प्रचण्ड सहित बरिष्ठ नेता माधव नेपाल,झलनाथ खानाल र बामदेव गौतम सहभागी रहेको बताइएको छ |

यसअघि कार्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए | जवाफमा ओलीले मंसिर १३ गतेको बैठकमा ३८ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए | ओलीले प्रस्तावमा प्रचण्डको झुटो लान्छना अस्वीकार्य रहेको समेत बताएका थिए |

दुवै अध्यक्षबिच आ-आफ्ना अडान रहेका बेला मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुवै प्रस्ताव माथि छलफल थालेको नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए |  नेकपा भित्रको आन्तरिक शक्तिसंघर्ष चलिरहेका बेला सचिवालय बैठक बस्नु पुर्व दुवै अध्यक्षले आफू निकट नेताहरुलाई बोलाएर आन्तरिक रणनीतिको बारेमा छलफल गरेका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!