कांग्रेस नेता रामचन्द्र पौडेललाई तिन घण्टा नियन्त्रणमा राखेर रिहा गरियो

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तिन घन्टा नियन्त्रणमा राखेर रिहा गरिएको छ | बुधबार तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो |

पौडेलसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले पक्राउ परेका थिए | उनलाई रिहाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए | उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!