कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा बुल्दीखोलाको पुल उद्घाटन

Posted on: 03 Dec, 2020

मंसिर १८, काठमाडौँ | नेपाल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् | पौडेलले व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गरेका हुन् |

उद्घाटन कार्यक्रममा कांग्रेस कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको छ | उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका छन | बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि रिहा गरेको थियो |

पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिए पनि दुई वर्षदेखि उद्घाटन हुन सकेको थिएन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!