राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

Posted on: 03 Dec, 2020

मंसिर १८, काठमाडौं | बिहिबार प्रधानमन्त्री केपि शर्मा ओली  राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितलनिवास पुगेका छन् | मन्त्रिपरिषद् बैठक बस्नु अघि ओलि शितल निवास  पुगेका हुन् | नेकपा भित्रको आन्तरिक विवाद चुलिदै गएका बेला ओलीले पार्टी भित्र आफू अल्पमतमा परेको बताउंदै आएका छन् | अध्यक्ष ओली अफ्ठ्यारोमा परेका बेला राष्ट्रपतिसंगको  भेट्लाइ अर्थपूर्ण रुपमा हेरिएको छ | तर ओलीको सचिवालयले भने उक्त भेटलाई नियमित बताएको छ | 

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावका विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक बुधबार पनि केहीबेर बसेर स्थगित भएको थियो | बैठकमा ओली अनुपस्थित भएपछि सचिवालय बैठक केहीबेर मात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!