नेकपा सचिवालय बैठक निष्कर्ष बिहिन

Posted on: 05 Dec, 2020

मंसिर २०, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक विनानिष्कर्ष टुंगिएको छ | शनिबार बालुवाटारमा बोलाइएको सचिवालय बैठकले दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमा सहमति जुट्न नसक्दा  बैठक निष्कर्षविहिन भएको हो |

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ | बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए |

पार्टी भित्रको संकट समाधानका लागि हालसम्म प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेस गरेर छलफल हुने बताइएको छ | सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गरेका थिए |

यसअघि दुवै अध्यक्षले आ-आफ्ना प्रस्ताव सचिवालयमा पेस गरिसकेका छन् | पछिल्लो समय नेकपा भित्रको विवाद बढिरहेका बेला सचिवालय बैठक विनानिष्कर्ष टुंगिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!