परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत प्रस्थान

Posted on: 14 Jan, 2021

माघ १, काठमाडौँ | बिहिबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा गएका छन् | भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा उनी भारतको नयाँदिल्लीतर्फ  प्रस्थान गरेका हुन् |

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत  भ्रमणमा गएका छन् | संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ | 

मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको भ्रमणका क्रममा सीमा, पारवहनलगायत नेपाल-भारत सम्बन्धका सबै विषयमा छलफल हुनेछ | भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर औपचारिक रुपमा नक्सा जारी गरेपछि दुई देशबीच उत्पन्न विवादपछि उच्चस्तरमा पहिलो पटक वार्ता हुन लागेको हो |

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ | मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!