संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेको खुलासा

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी राष्ट्रपति समक्ष संसद विघटन सिफारिस गरेको पाइएको छ | गत पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटन सिफारिस गरेको थियो |

तर संसद विघटन सिफारिस संविधानको कुन धारा अनुसार गरिएको हो भन्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख नगरेको पाइएको हो | मन्त्रिपरिषद्को संसद विघटन सिफारिस पछि राष्ट्रपतिले संविधानको धारा थपेको पाइएको छ |

यता राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (१) र (७), धारा ८५ तथा संसदीय व्यवस्थाका राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यास अनुसार संसद विघटन गरिएको सूचना जारी गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!