प्रचण्ड-माधवको प्रदर्शनले जनजीवन अस्तव्यस्त (फोटो फिचर)

Posted on: 22 Jan, 2021

माघ ९, काठमाडौँ । प्रतिनिधि सभा विघटन बिरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको प्रदर्शनले काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शुक्रबार आयोजना गरिएको प्रदर्शन सभा समेत सडकमै बनाएपछि यात्रुहरुले सास्ती भोगेका छन् ।


काठमाडौँ रत्नपार्कको मुख्य सडक नै बन्द गरेर सभा तयार पारिएको छ । उक्त सभाका कारण रत्नपार्क,भद्रकाली, सहिदगेट, आरएनएसी, पुरानो बसपार्क तिर गाडी चलेका छैनन् । यात्रुहरु गाडी नपाएर हिडेरै गन्तव्य तर्फ गैरहेको देख्न सकिन्छ ।


काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालेर उक्त पक्षले रत्नपार्कको मूल सडकमा प्रदर्शनको तयारी गरेको छ । आज प्रचण्ड-नेपाल समुह दोश्रो चरणको आन्दोलन गर्न लागेका हुन्। उपत्यकामा प्रदर्शनका लागि १ लाख कार्यकर्ता उतार्ने उनीहरुको दाबि छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!