संसद विघटन बिरुद्ध प्रचण्ड-नेपालको बिशाल प्रदर्शन (फोटो फिचर)

Posted on: 22 Jan, 2021

माघ ९, काठमाडौँ । प्रतिनिधि सभा विघटन बिरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौँमा आज विशाल शक्ति प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँका विभिन्न स्थानबाट निष्किएको जुलुस रत्नपार्क पुगेर बृहत् कोण सभामा परिणत भएको हो । 


उक्त सभालाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेका छन् भने नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',माधव कुमार नेपाल,प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । ओलीले गरेको संसद विघटनको विरुद्ध प्रदर्शन गर्दै आएका प्रचण्ड - नेपाल समूहले १ लाख कार्यकर्ता उतार्ने दाबि गरेका थिए ।


विभिन्न ठाउँबाट निष्किएको जुलुसको नेतृत्व प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, युवराज ज्ञवाली, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका छन् ।


प्रदर्शनका कारण सवारी साधन भने ठप्प रहेका छन् । सडकमै सभा बनाएर प्रदर्शन गरेपछि शुक्रबार बिहानै देखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । सर्वसाधारण भने गन्तव्य सम्म हिंडेरै आवतजावत गरिरहेका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!