प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । प्रधानमन्त्री ओलीलेअदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले सर्वोच्च रिट दाएर गरेका हुन् ।

उनले प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार सजाय माग गरेका छन् । अदालतमा रिट दर्ता भने भएको छैन । ओलीले संसद विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने शब्द प्रयोग गरेका थिए ।

गत पुस ५ मा प्रधनमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि बिघटन बिरुद्धको मुद्दाबारे सर्वोच्चमा बहस चलिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!