प्रचण्ड -नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

आइतबार पेरिस डाँडामा बसेको नेकपा प्रचण्ड-नेपालसमूहको स्थायी कमिटि बैठकले साधारण सदस्य समेत नरहने गरी ओलीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । यसअघि माघ २ गते बसेको प्रचण्ड-नेपाल समूहको बैठकले ओलीलाई पार्टी विधान विपरित कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । तर ओलीले उक्त स्पष्टीकरण नबुझाएपछि आइतबारको स्थायी कमिटि बैठकले निष्काशित गर्ने निर्णय गरेको हो ।

गत ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेपछि नेकपा दुई भागमा विभाजन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!