बालुवाटार प्रदर्शनमा २६ अधिकारकर्मी गिरफ्तार

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि गरेको प्रदर्शनमा २६ अधिकारकर्मीलाई गिरफ्तार गरिएको छ । संसद बिघटनको बिरुद्ध,मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्ते विरुद्ध मानव अधिकार तथा शान्ति समाजले सोमबार दिउँसो प्रदर्शन गरेको हो  ।


प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई  गिरफ्तार गरेको अधिकार तथा शान्ति समाजले जनाएको छ ।

अधिकारकर्मिहरुले प्रदर्शनमा प्रधानमन्त्री ओली ः आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार ः किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु सहित प्रदर्शन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!