संसद विघटन बिरुद्ध काँग्रेसद्वारा आन्दोलन घोषणा

Posted on: 26 Jan, 2021

माघ १३, काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा  बसेको केन्द्रिय समितिको बैठकले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश सर्माले जानकारी दिए । सोमबार बालुवाटारमा नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको लाठीचार्ज र हस्तक्षेपको समेत विरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा संसद विघटन गरेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!