सरकारसँग वार्ता गर्न विप्लव समुह सकारात्मक (विज्ञप्तिसहित)

Posted on: 20 Feb, 2021

फागुन ८, काठमाडौँ | नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ । पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् । 

बिज्ञप्तिमा भनिएको छ 'हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!