प्रतिनिधिसभा पुनःस्थापना भए अस्थिरता आउने ओलीको दाबी

Posted on: 20 Feb, 2021

फागुन ८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरे मुलुक अस्थिरतामा जाने दाबी गरेका छन् । 

नेकपाको ओली समूहले शनिबार विराटनगरमा गरेको सभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए एकल पार्टीको बहुमतको सरकार नरहने बताए । उनले बहुमतको सरकार नबन्दा विभिन्न गठजोड गर्नका लागि फेरि सांसद किनबेच, दलहरूका बीचमा मोलतोल, समीकरण, सरकार ढलाउ, सरकार बनाउको खेलमा आगामी डेढ-दुई वर्ष त्यसैमा समाप्त हुने बताए । 

प्रधानमन्त्री ओलीले ६४ प्रतिशत सांसद ओलीको पक्षमा रहेको भन्दै वैकल्पिक सरकार गठन हुनै नसक्ने दावी गरे । उनले प्रतिनिधिसभा पुनःस्थापना भए गठजोडका सरकार बन्ने र मुलुकमा अस्थिरता आउने बताए । प्रधानमन्त्री ओलीले कसैको दबाबमा नपरी सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्नुपर्ने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!