मुख्यमन्त्री राई बिरुद्ध अविश्वासको प्रस्ताव पेस

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई बिरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको हो ।

यसअघि राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई बैठक बस्नु अघि पत्र लेखेका थिए । तर बैठक बसेर सभामुख भण्डारीको अनुमतिपछि प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा प्रस्ताव पेश गरेका हुन् । 

अविश्वासको प्रस्ताव पेश गरेलगत्तै सभामुखले संसद बैठक स्थगित गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!