विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

Posted on: 22 Feb, 2021

फागुन १०, काठमाडौँ । सरकार द्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द्र नेतृत्वको समूह नेकपाका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । आइतबार उनलाई सर्वोच्च अदालतले छाड्न आदेश लगत्तै फेरी प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्चमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो । तर उनलाई अदालतले छोड्न आदेश दिए लगत्तै सर्वोच्च परिसरबाटै प्रहरीले पक्राउ गरेको छ ।  

उनलाई पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!