केपी ओलीले प्रधानमन्त्रीबाट तत्काल राजिनामा दिनु पर्छ : बामदेव गौतम

Posted on: 24 Feb, 2021

फागुन १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसंगै गौतमले ओलीको राजिनामा माग गरेका हुन् । 

उनले बुधबार विज्ञप्ति जारी गर्दै संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको बताएका छन् । सर्वोच्चले संसद पुनर्स्थापना गरेर संविधानको संरक्षण उनले बताए । 'यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।' गौतमले भने । 

'न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।'

राष्ट्रपति विद्या देवी भण्डारीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न माग गरेका छन् । 'प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ।' गौतमले भने ।

उनले पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीलाई सचिवालय बैठक बोलाउन माग गरेका छन् । गत ५ पुसमा प्रधनमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकि थिइन् ।

संसद विघटन असंवैधानिक कदम भन्दै सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका थिए । सो मुद्दाको फैसला मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको हो । संसद विघटनपछि नेकपा दुई भागमा विभाजन भएको थियो । 

बामदेव गौतमले भने कुनै समूहमा नगएर पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!