३१ सहसचिवको सरुवा

Posted on: 25 Feb, 2021

फागुन १३, काठमाडौँ । सरकारले ३१ सहसचिवको सरुवा गरेको छ । बिहिबार संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले एकैपटक ३१ सहसचिवको सरुवा गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

संचार तथा सूचना मन्त्रालयबाट छविलाल रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै लगानी बोर्डको कार्यालयबाट मधेसी आयोगमा धर्मेन्द्र कुमार मिश्रलाई ल्याइएको छ । शिव कुमार कार्कीलाई अख्तियारबाट गृह मन्त्रालय ल्याइएको छ । 

घनश्याम उपाध्यायलाई कारणलाई प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!