देव गुरुङलाई ओलीले गरे प्रमुख सचेतकबाट बर्खास्त

Posted on: 26 Feb, 2021

फागुन १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देव गुरुङलाई दलको प्रमुख सचेतकबाट हटाएका छन् । नेकपा विभाजन भएसंगै ओलीले उनलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । 

सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेसंगै संसद पुनर्स्थापित भएको छ । ओलीको उक्त निर्णय संगै विभाजित बनेको नेकपाले एक अर्कालाई बर्खास्त गर्दै आफ्नो गुटका नेताहरुलाई जिम्मेवारी दिइरहेका छन् ।

प्रचण्ड-नेपाल एकातिर छन् भने ओली समूहले आफू आधिकारिक नेकपा भएको दाबि गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!