सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

Posted on: 03 Mar, 2021

फागुन १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड नेपाल समूहले संसदीय दलको उपनेताबाट सुवास चन्द नेम्वाङलाई हटाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रिय कमिटिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङलाई तिन दिन भित्र राजिनामा गर्न निर्देशन दिएको छ । बैठकले ओली पक्षीय नेता महेश बस्नेत, विशाल भट्टराई सचेतक शान्ता चौधरी,प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट हटाउने निर्णय गरेको प्रचण्ड-नेपाल समूहका नेताले जानकारी दिए ।

गत पुस ५ मा सरकारले संसद विघटन गर्ने निर्णय गरेपछि नेकपा दुइ भागमा विभाजन भएको छ । प्रचण्ड-माधव नेपाल समूह र ओलीबिच एक अर्कालाई कारबाही गर्ने क्रम जारी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!