एकै मञ्‍चमा ओली र विप्लव

Posted on: 05 Mar, 2021

फागुन २१, काठमाडौँ । बिहिबार नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र सरकारबिच तिन बुँदे सहमति पत्रमा हस्ताक्षर भएसंगै प्रधानमन्त्री केपी शर्मा र विप्लवले एकै मन्चमा सम्बोधन गर्ने भएका छन् । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्‍न सहमतिमा हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो ।


उक्त कार्यक्रममा सहभागी हुन् ओली र विप्लव  राष्ट्रियसभागृह पुगेका छन् । विप्लव समूहले शान्ति प्रक्रिया आउने सहमति गरेसंगै सरकारले उक्त समूहमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ । विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत भएका थिए । 

शुक्रबार चन्द नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाट गरेर सहमति समारोहमा सहभागी हुन् काठमाडौँ आएका हुन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!