पुनर्स्थापना पछि पहिलोपटक संसद बैठक सुरु

Posted on: 07 Mar, 2021

फागुन २३, काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक संसद बैठक सुरु भएको छ । आइतबार ४ बजेका लागि बोलाइएको संसद बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा एक घण्टा ढिला गरी बैठक सुरु भएभएको हो । 

१४ फागुनमा राष्ट्रपति विद्या देवी भण्डारीले २३ गते संसद अधिवेशन आह्वान गरेकी थिइन् । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि अन्योल बनेको संसद सर्वोच्च अदालतको फैसलासंगै पुनर्स्थापना पछि पहिलो बैठक सुरु भएको छ । 

सर्वोच्च अदालतले ११ फागुनमा सरकारको उक्त निर्णयलाई बदर गरेर संसद पुनर्स्थापना गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!