प्रचण्ड-नेपाल समूहद्वारा संसद बैठक बहिष्कार

Posted on: 07 Mar, 2021

फागुन २३, काठमाडौँ । आइतबार बसेको संसद बैठक नेकपा प्रचण्ड -नेपाल समूहले बहिष्कार गरेका छन् । प्रतिनिधिसभा पुर्स्थापनापछि आइतबार पहिलोपटक बसेको संसद बैठक उक्त समूहले बहिष्कार गरेको हो  ।

आइतबार बसेको संसद बैठकको कार्यसूचिमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै प्रचण्ड-नेपाल समूहले बैठक बहिष्कार गरेका हुन्। बैठक छोडेर उक्त समूहका सबै संसद बाहिरिएका छन्  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!