कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजिनामा

Posted on: 06 Apr, 2021

चैत २४, काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । मंगलबार प्रदेशका विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र बुझाएका हुन् । 

राजिनामा दिएका तिनै मन्त्री एमालेका तर्फबाट सरकारमा सहभागी भएका थिए । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काइदिएपछि एमालेले गत ४ चैतमा माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!