माधव नेपाल सहित ८ जनालाई स्पष्टीकरण सोध्ने एमाले महाधिवेशन कमिटिको निर्णय

Posted on: 19 Apr, 2021

वैशाख ६, काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठकले माधव नेपाल सहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन कमिटिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल,भिम रावल,घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप कूमार ज्ञवालीले जानकारी दिए । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको उनले बताए । 

'कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यहरु र अस्ति चित्त बुझ्दो स्पष्टीकरण नदिएर निलम्बनमा परेका चार जना नेताहरुलाई थप दुई दिनको समय राखेर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।' ज्ञवालीले भने ।

बैठकले वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गरेको उनले बताए । नेकपाको तिन वर्षीय अवधिको समिक्षा गरिएको र धेरै प्रतिकुलताका बिच पनि महत्वपूर्ण उपलब्धि हाँसिल गरेको निष्कर्ष प्रतिवेदनले निकालेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!