सभामुख सापकोटा बिरुद्धको मुद्दा हेर्न नभ्याइने

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । सर्वोच्च अदालतलले सभामुख अग्निप्रशाद सापकोटा विरुद्धको मुद्दा हेर्न नभ्याईने सूचिमा राखेको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा पेसी चढेको सभामुख बिरुद्धको मुद्दा हेर्न नभ्याइने सूचिमा राखिएको हो ।

सवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सापकोटा बिरुद्धको मुद्दा हेर्ने जिम्मा पाएका थिए । काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो ।

हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!