ओलीले बनाए माधव नेपाल समूहका नेताहरुलाई हटाएर स्थायी कमिटि

Posted on: 23 Apr, 2021

वैशाख १०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरुलाई हटाएर नयाँ स्थायी कमिटि बनाएका छन् ।

शुक्रबार बालुवाटरमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन कमिटिको बैठकमा ओलीले नेपाल समूहलाई हटाएर आफूनिकट नेताहरुलाई राखेर नयाँ स्थायी कमिटि बनाएका हुन् ।ओलीले हाल १७ जनाको स्थायी कमिटी बनाएका छन् ।

नयाँ स्थायी कमिटीमा केपी शर्मा ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!