कर्णालीमा फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने एमालेको निर्णय

Posted on: 23 Apr, 2021

वैशाख १०, काठमाडौँ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना प्रदेश सांसदलाई पार्टी र सांसद पदबाट कारबाही गर्ने एमालले निर्णय गरेको छ । 

शुक्रबार बालुवाटरमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशन कमिटिको बैठक कारबाही गर्ने निर्णय गरेको हो । गत शुक्रबार कर्णाली प्रदेशका चारजना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले पार्टीको ह्विपलाई उल्लंघ गरेर माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

यसअघि ओलीले प्रदेश सांसद सहित माधव नेपाल समूहका ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!