खनाल-नेपाल समूह छोडेर ओलीतिर लागेका गणेशलाई मन्त्री उपहार

Posted on: 10 Jun, 2021

जेठ २७, काठमाडौँ | एमाले विवादको क्रममा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओलीको खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् । 

प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् । 

पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!