कालिकोटमा एकीकृत समाजवादीको पार्टी कार्यालय शिलान्यास

Posted on: 24 Sep, 2021

असोज ८,काठमाडौं । नेकपा एकीकृत समाजवादी कालिकोटले पार्टी कार्यालयको शिलान्यास गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच  पार्टी कार्यालयको शिलान्यास गरिएको हो । 

नेकपा एमाले विभाजन भएयता एकीकृत समाजवादीको यो पहिलो पार्टी कार्यालय पनि हो । करिब ७० लाख लागतमा ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी (पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति भवन) शिलान्यास गरिएको एकीकृत समाजवादी कालिकोटका पार्टी सचिव चित्रसिंह गाउँलेले जानकारी दिए ।  

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!