अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही निर्वाचित

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न २२औँ राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो।

१०५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर पदाधिकारीमा निर्वाचित भएका छन्। केन्द्रीय समितिमा २० जना महिला रहेको क्रान्तिकारीले जनाएको छ। 

सम्मेलनले निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालसहितका ३० भन्दा बढी विद्यार्थीलाई सङ्गठनबाट बिदा गरेको छ। बिदा हुने विद्यार्थी नेतामा निवर्तमान अध्यक्ष ढकालसहित वीरेन्द्र विक, कमल बडुवाल, झलक विक, मुकुन्द श्रेष्ठ, डा. प्रकाश चन्द, सुमन तिमल्सिना, दिनेश सारु, ममता रुचाललगायत रहेका छन्।

पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यहरूलाई बधाइ दिँदै र पुरानालाई बिदाइ गरेका हुन्। उनले विद्यार्थी संगठनबाट बिदा भएकाहरूलाई पार्टीले अन्य महत्वपूर्ण जिम्मेवारी दिने जानकारी गराएका थिए। यो संगै क्रान्तिकारी संगठन बलियो र मजबुत बनाउन एकताबद्द हुने  कुरामा सबै एकजुट हुनुपर्ने कुरामा जोड दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!