मन्त्रीमण्डल विस्तारका लागि जुट्यो सहमति, अध्यादेश फिर्ता हुने

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ ‌। सत्ता गठबन्धनले मन्त्रिमण्डल विस्तार तत्काल गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर सरकारलाई छिट्टै पूर्णता दिने सहमति गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यादेश फिर्ता गरेर ढिलोमा मंगलबारसम्म सरकार विस्तारको तयारी थालिएको हो । सोमबार अध्यादेश फिर्ता ल्याउने तयारी भएको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तत्काल सरकारमा जान राजी नभए कांग्रेस र माओवादीको कोटामा परेका मन्त्रालयमा मन्त्री नियुक्त गरेर भए पनि सरकार विस्तार गर्ने तयारी गरेका थिए । सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा पनि मोटामोटी सहमति भएको जनाइएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!