श्रीमान् भौतिक मन्त्रालयका उपसचिव, श्रीमती बनिन् सहरी विकासमन्त्री ?

Posted on: 09 Oct, 2021

असोज २३ , काठमाडौँ | नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम घोषणा भइसकेको छ। 

अन्तिम समयमा नेकपा एसको सचिवालयले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ । स्वास्थ्य मन्त्रीको चर्चामा रहेकी रामकुमारी झाक्री सहरी बिकास मन्त्रि भएकी छन् ।

 रामकुमारी झाँक्रीलाई सहरी विकास र प्रेम आलेलाई पर्यटनको जिम्मेवारी पाइसकेका छन् । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक मन्त्रालयका उपसचिव छन्। भौतिक मन्त्रालयकै छेउ भएर झाक्रीले सम्हाल्ने सहरी विकास मन्त्रालय जानु पर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!